Techie IT
गृहपृष्ठसमाचारनुवाकोटको ककनीमा सशस्त्रले गराए विद्यार्थिहरुलाई बिपद् व्यवस्थापन सम्बन्धि जानकारी

नुवाकोटको ककनीमा सशस्त्रले गराए विद्यार्थिहरुलाई बिपद् व्यवस्थापन सम्बन्धि जानकारी


सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले ककनी गाउँपालिका वडा नं ५ मा रहेको गणेश आधारभूत विद्यालयमा अध्यनरत ८० जना छात्र छात्राहरुलाई शैक्षिक सामग्री, खाजा वितरण गर्नुका साथै विद्यालयको सम्पूर्ण विद्यार्थिहरुलाई बिपद् बिपद् व्यवस्थापन सम्बन्धि जानकारी गराईएको छ ।

add
सरकारी कार्यालय तथा विद्यालयहरु बिच सुरक्षासँग सम्बन्धित विभिन्न विषयहरुमा समन्व्य, सहकार्य तथा सहयोग आदनप्रदान गर्ने उद्धेश्य सहित सशस्त्र प्रहरी बल , नेपाल यू एन शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले बिद्यार्थीहरु लाई खाजा , पोसाक सहित बिपद ब्यवस्थापन सम्बन्धि जानकारी गराएका हुन ।


तलिम शिक्षालयले प्रत्येक महिनामा गरिने सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनीमा कार्यरत कर्मचारी र प्रशिक्षार्थिहरुको सामुहिक जन्मोत्सव, सोलडर अफ द मन्थ घोषणा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । यस तालिम शिक्षालयमा कार्यरत रहि वैशाख महिनामा अनुशासित भई उत्कृष्ट कार्य सम्पादन गरे बापद शिक्षालय दरबन्दिका आई.डि. नं. २०४७६ सशस्त्र प्रहरी वरिष्ठ हवल्दार भोज भहादुर बोहोरालाई समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले सोल्डर अफ द मन्थको नगद पुरस्कार तथा प्रशंसा पत्र दिई सम्मान समेत गरेका थिय ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस