Techie IT
गृहपृष्ठसमाचाररेमिट्यान्स रकमको सदुपयोग गर्दै लिखुका महिला

रेमिट्यान्स रकमको सदुपयोग गर्दै लिखुका महिला


बैदेशिक रोजगारीबाट आर्जित रेमिट्यान्स अर्थात बिप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भईरहेको बेलामा नुवाकोटको लिखुका महिलाहरु भने रेमिट्यान्स रकमको सदुपयोग गर्दै गाउँठाउँमै स्वरोजगार र उद्यमी बनेका छन् ।

बिगतमा रेमिट्यान्स बापतको आफ्ना स्वजनको कमाई दैनिक घरखर्च तथा बालबच्चाको शिक्षादिक्षा लगायतका क्षेत्रमै खर्चिने लिखुका महिलाहरु अहिले रेमिट्यान्स रकमको उचित सदुपयोग सहित घरगाउँमै रोजगार र उद्यमी बनेका हुन् ।

रेमिट्यान्सकै भरमा जीवन निर्वाह गर्दैआएका नुवाकोट साविक चौघडा हाल लिखु ५ की बिष्णुमायाँ खड्का अहिले रेमिट्यान्सकै रकमले उद्यमी बनेकी छिन् । त्यस्तै रेमिट्यान्सकै भरमा बालबच्चाको शिक्षादिक्षा लगायत अन्य घरखर्ची चलाउँने लिखुका रिता र ईश्वरी श्रेष्ठ पनि अहिले रेमिट्यान्सकै भरमा आत्मनिर्भर तथा घरगाउँमै उद्यमी बनेकी छिन् । लिखुका बिष्णुमायाँ, रिता र ईश्वरी त प्रतिनीधि पात्र हुन् ।

रेमिट्यान्सको भरमा दैनिक जीवन निर्वाह गर्दैआएका नुवाकोटको लिखु गाउँपालिकाका थुप्रै महिलाहरु अहिले आफ्नो स्वजनको कमाई र आफुभित्रको क्षमतालाई उपयोग गरी गाउँठाउँमै रोजगार र उद्यमी बनेका हुन् । घरपरिवारका लागि बैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स तत्कालका लागि सहज बिकल्प भएपनि बढ्दो उमेरसंगै हुने कमजोर शारिरिक अवस्था र गञ्तव्य मुलुकहरुमा हुनसक्ने युद्ध तथा द्धोन्द्धजस्ता सम्भावित घटनाका कारण दिर्घकालिन रुपमा रेमिट्यान्स रकम भरपर्दो श्रोत नहुने देखेपछि लिखुका महिलाहरु अहिले रेमिट्यान्स रकमको उपयोग गरी आफ्नो गाउँठाउँमै स्वरोजगार र उद्यमी बनेका हुन् । जसबाट उनिहरु अहिले आत्मनिर्भर बन्नुकासाथै घरपरिवारका लागि समेत सक्षम र आडभरोसा बनेका छन् ।

सरकारी तथ्यांड०्क अनुसार रेमिट्यान्सको ८० प्रतिशत रकम दैनिक घरखर्ची लगायत अनुत्पादक क्षेत्रमा खर्चिने गरेको छ । जसलाई संघिय सरकारद्धारा नीतिगत रुपमा सुधारगरी आयात प्रतिस्थापन सहित दिगो र भरपर्दो अर्थतन्त्रको लागि श्रम मन्त्रालय र स्थानीयतहको सहकार्यमा लिखुमा संञ्चालित बित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाका कारण उनिहरु आत्मनिर्भतातर्फ अग्रसर भएका हुन् ।

बैदेशिक रोजगार अन्तर्गतको शुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत शीपमुलक तालिम लगायत अनावश्यक खर्च कटौती र बचत बारेमा सिकेका ज्ञानको उपयोग गरी उनिहरुले रेमिट्यान्समा बचतको हिस्सा बढाउँदै अहिले जोहो भएको रकमबाट व्यावसायिक कृषि अन्तर्गत केरा खेती, तरकारी खेती कुखुरा तथा पशुपालन, किराना पसल, ब्युटी पार्लर लगायत बिभिन्न आयमुलक पेशा तथा उद्यमलाई निरञ्तरता दिएका छन् ।

श्रम स्वीकृती लिएर बैधानिक रुपमा लिखु गाउँपालिकाबाट बैदेशिक रोजगारी अन्तर्गत खाडी तथा गल्फ मुलुक जानेको संख्या एकहजार ५ सय भन्दाबढी रहेको तथ्याड०्क छ ।

जसमध्ये बित्तिय साक्षरता र मनोसामाजि परामर्श कक्षा लिएका करिव एकसय जना महिलाहरुले अहिले घरधन्दा र चुलोचौकोबाट आफुलाई बाहिर निकाल्दै सक्षम र आत्मनिर्भर बन्नुकासाथै घरपरिवारका दरिलो खम्बाको रुपमा उभ्याएका छन् ।




क्याटेगोरी : समाचार
ट्याग : #hot 100, #Hot100, #रेमिट्यान्स

प्रतिक्रिया दिनुहोस