नुवाकोटमा नेकपा एमाले हाक्न तीन उम्मेदवार
नेकपा एमालेको नुवाकोटको अधिवेशनको प्रारम्भिक नामावली प्रकाशन भएको छ ।
अध्यक्ष पदका लागी तीन उम्मेदवारले नाम दर्ता गरेका छन् ।
अध्यक्षमा बद्री मैनाली, बुद्धिबहादुर प्रधान र माधवप्रसाद तिवारीले उम्मेदवारी दर्ता गरेका छन् भने उपाध्यक्षमा सुदर्शन नेपाल र राजेन्द्ररमण खनाल रहेका छन् यस्तै
सचिवमा निलकण्ठ आचार्य र शिवकुमार चित्रकारले उम्मेदवारी दर्ता गरेका छन् यस्तै उपसचिवमा रमेशबहादुर वस्ती, वीरबल तामाङ र राजेन्द्रप्रकाश पाण्डे छन् ।
यस्तै महिला उपसचिवमा पार्वती प्याकुरेल, मंगलमाया प्रजापति र रुपा सापकोटाले उम्मेदवारी गरेका छन् ।
निर्वाचन समितिले आज साँझ ६ बजेदेखि निर्वाचन कार्यक्रम सुरु गर्ने निर्वाचन मुख्य अधिकृत मोहन खड्काले जानकारी दिए ।
नुवाकोटमा पहिलोपटक विद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको हो । अधिवेशनमा ६ शय १२ मतदाता रहेका छन् । निर्वाचनले १ शय १२ उम्मेदवार चयन गर्नेछ ।
डवली खबर बाट
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमालेको नुवाकोट
प्रतिक्रिया दिनुहोस