नुवाकोटमा लागू पदार्थ सेवन गरि सवारी साधन चलाउने बढे
नुवाकोटमा लागू पदार्थ सेवन गरि सवारी साधन चलाउने चालकहरु बढ्न थालेका छन । बिहिवार जिल्ला प्रहरी कार्यालय नुवाकोट, जनस्वास्थ्य कार्यालय नुवाकोट र जिल्ला ट्राफिक कार्यालय नुवाकोटको सहकार्यमा गरिएको लागू पर्दाथ सेवन परिक्षणमा २ जना मोटरसाइकल चालक र १ जना माइक्रो बस चालक लाई नियन्त्रणमा लिइएको छ ।
विदुर नगरपालिका वडा नं. ४ मा सवारी दुर्घटना न्यूनीकरण तथा लागु पदार्थ सेवन गरि सवारी चलाउने चालकहरुलाई दुरुत्साहन गर्ने उदेश्यका साथ २५ जना चालकहरुमा गरिएको परिक्षणमा २ जना मोटरसाइकल चालक र १ जना माइक्रो वसका चालकले लागु पर्दाथ सेवन गरि सवारी चलाएको पाइएको र आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस