Techie IT
गृहपृष्ठसमाचारसुर्यगढीका बालबालिकाले गरे वालबिवाह नगर्ने प्रतिवद्धता

सुर्यगढीका बालबालिकाले गरे वालबिवाह नगर्ने प्रतिवद्धता


नुवाकोटको सुर्यगढी गाउपालिकाका ४ शय ५० जना बिद्यार्थीहरुले वालविवाह नगर्ने प्रतिवद्धता गरेका छन् ।
देसै भर गम्भिर चुनौतीको रुपमा रहेको वालविवाह लाई रोक्न गाउपालिकाले बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।

सोही अनुसार बाग्मती प्रदेश सामाजिक बिकाशमन्त्रालयको आयोजनामा सुर्यगढी गाउपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले संचालन गरेको बालविवाह अन्त्यका लागी समुदाय परिचालन कार्यक्रम अन्र्तगत बाल विवाह र सजाय बिषयमा प्रशिक्षण गराईएको थियो । पालिकाको २,३,४ र ५ वडाका चार शय पचास जना बिद्यार्थीहरु प्रशिक्षण गराई सपथ प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गराईएको थियो । हस्ताक्षर पत्रमा लेखिएको थियो ( म कानुनले तोके बमोजिम २० बर्ष पुरा भएपछि मात्र बिहे गर्नेछु र अरुलाई पनी भन्ने छु ) ।


वालविवाह रोक्ने मध्य आफु लाई नैतीक दवाव पर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गराईएको र यसले वाविवाह न्यूनिकरणमा प्रभावकारी भुमिका खेल्नेमा बिश्वस्त रहेको सुर्यगढी गाउपालिका महिला तथा वावालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख राममणि अधिकारीले जानकारी दिनु भयो ।

add

अधिकारीले आगामी बर्ष अहिलेको संख्खा भन्दा दोब्बर संख्यामा बिद्यार्थीहरु लाई प्रतिबद्धता गराउने लक्ष्य रहेको बताउनु भयो । बालमैत्री स्थानिय तह घोषणाको लागी एक महत्व पूण सुचक रहेको बाल विवाह अन्यमा यस्ता कार्यक्रमले छुट्टै भुमिका खेल्ने भएकोले अरु गाउपालिकाले समेत यस्ता कार्यक्रम लाई अगाडी बढाउनु पर्नेमा अधिकारीले जोेड दिनु भयो ।


क्याटेगोरी : समाचार
ट्याग : #वालबिवाह नगर्ने

प्रतिक्रिया दिनुहोस