Techie IT
गृहपृष्ठसमाचारकक्षा १२ को व्यवस्थापनतर्फ नेपाल टप गरे नुवाकोट सुर्यगढिका कुञ्जनले

कक्षा १२ को व्यवस्थापनतर्फ नेपाल टप गरे नुवाकोट सुर्यगढिका कुञ्जनले


नुवाकोटको सुर्यगढि गाउपालिका वडा नंम्बर ४ का कुञ्जनले कक्षा १२ को व्यवस्थापनतर्फ नेपाल टप गरेका छन् ।
काठमाडौंको डिल्लीबजारमा अवस्थित ट्रिनिटि इन्टरनेशनल कलेज बाट कुञ्जनले नेपाल टप गरेका हुन् ।


कक्षा १२ तर्फ ट्रिनिटिले देशभरीका कलेजहरूको अनुपातमा उत्कृष्ट नतिजा निकालेको हो । कलेजका कुञ्जन भट्टराई र सहारा श्रेष्ठले म्यानेजमेन्टतर्फ ३.९६ जिपिएका साथ उत्कृष्ट नतिजा निकालेका छन् ।


व्यवस्थापनतर्फ नेपाल टप गरेका कुञ्जन भट्टराई नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिका वडा नं। ४ को हिरामणीटार दार्मेका स्थायी बासिन्दा हुन् । कुञ्जनको २०६२ भदौ २ गते बुबा कुमार भट्टराई र आमा चन्द्रावती भट्टराईको कान्छो सन्तानको रुपमा जन्म भएको थियो ।

सुर्यगढी ५ मा रहेको ग्लोरी बोडिङ स्कुलमा कक्षा ४ सम्म अध्ययन गरेका कुञ्जनले कक्षा ५ सामुदायिक विद्यालयतर्फ कुण्डला आधारभूत विद्यालयबाट गरेका थिए । कक्षा ६ मा नुवाकोटको बट्टारमा अवस्थित अर्किड एकेडेमीमा अध्ययन गरेका थिए । त्यस्तै कक्षा ७ देखि १० सम्म काठमाडौंको बालाजुस्थित तरुण मा।वि।बाट २०७८ सालको एसइई परिक्षामा सहभागी भई ३.७० जीपीएसहित एसईई उत्तीर्ण गरी डिल्लीबजारस्थित ट्रिनिटि कलेजबाट २०८० सालको कक्षा १२ मा म्यानेजमेन्टतर्फ ३.९६ जीपीएसहित नेपाल टप गर्न सफल भएका छन् ।

भट्टराईले तरुण मा.वि मा अध्ययन गर्दा उत्कृष्ट विद्यार्थी सम्मान पुरस्कार प्राप्त गरेका थिए । भविष्यमा भट्टराईले उच्च शिक्षा अर्थशास्त्र वा सिए लिएर पढ्ने इच्छा व्यक्त गरेका छन् ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस