पि सि आर ल्याव बन्दगरी उक्त स्थानमा प्रशुति कक्ष संञ्चालन
जिल्ला त्रिशुली अस्पताल नुवाकोटले आफ्नो प्रशुति वार्ड तथा बर्थिड कक्ष जीर्ण र जोखिम्यक्त भएका कारण पि सि आर ल्याव बन्दगरी उक्त स्थानमा प्रशुति कक्ष संञ्चालन गरेको छ ।
झण्डै एकदशक अघि जर्मन दातृ निकायद्धारा निर्माण गरिएको अस्थायी प्रिभेव भवनबाट प्रशुति तथा मातृ शिसु सेवा संञ्चालन गर्दै आएको जिल्ला त्रिशुली अस्पताल नुवाकोटले उक्त प्रशुति वार्ड अति जीर्ण तथा सुत्केरी महिला र शिशुका लागि मौसम प्रतिकुल बनेपछि पिसिआर ल्याब बन्दगरी उक्त स्थानमा प्रशुति वार्ड संञ्चालन गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट राजेन्द्र लामाले बताए ।
गत २०७२ सालको भुकम्पपछि निर्मित्त प्रिभेवको अस्थायी भवनबाट प्रशुति सेवा प्रदान गर्दै आईरहेको अस्पतालले भवनमा पानी चुहिने लगायत भत्किने तथा सुत्केरी महिला र शिशुको ज्यान समेत अशुरक्षित देखिएपछि हाललाई कोरोना परिक्षणको लागि निर्मित्त ल्यावलाई बन्दगरी प्रशुति वार्ड तथा कक्षलाई स्थानाञ्तरण गरेको हो ।
जीर्ण र जोखिमयुक्त यसअघि संञ्चालन हुँदै आएको प्रशुति तथा मात्तृशिशु कक्षको नयाँ भवन निर्माणको लागि प्रदेश सरकार तथा तालुकदार निकायले बजेट ब्यवस्थापन ढिलाई गरेका कारण कोरोनाका नयाँनयाँ भेरियण्ट देखापर्ने र त्यसको जोखिम कायमै रहेको अवस्थामा ल्याव बन्दगर्दा हाललाई पिसिआर परिक्षण कार्य प्रभावित भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस