त्रिभुवन त्रिशुली नमूना माध्यमिक विद्यालयलाई बिज्ञान प्रवलीकरण कार्यक्रम
बिज्ञान बिषयको कक्षा तथा सिकाईलाई प्रभावकारी तुल्याउँने उद्देश्यले नुवाकोटको त्रिभुवन त्रिशुली नमूना माध्यमिक विद्यालयलाई बिज्ञान प्रवलीकरण कार्यक्रम समावेश गरिएको छ ।
नयाँ शैक्षिक ऐन अनुसार २०४८ साल देखि १० जोड २ कक्षा संञ्चालनगरी २०६२ साल देखि बिज्ञान बिषयको कक्षा संञ्चालन गरिरहेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा विज्ञान बिषयको कक्षा तथा सिकाई कार्यलाई प्रभावकारी तुल्याउँने उद्देश्यले यसै आर्थिक वर्षदेखि विज्ञान प्रवलीकरण कार्यक्रममा छनौटगरी समावेश गरिएको हो । कार्यक्रम अनुसार प्राप्त रकम दक्ष जनशक्ती आपुर्ति, कक्षा कोठा तथा विज्ञान प्रयोगशालाको स्तर उन्नती, आईसिटी ल्याव, मल्टीमेडिया कक्षा संञ्चालन लगायत गरिव र जेहन्दार विद्यार्थीका छात्रवृत्ति तथा आवाशिय सुविधाजस्ता क्षेत्रमा प्रयोग गरिने विद्यालयले जनाएको छ ।
शिक्षा तथा बाणिज्य र विज्ञान संकायका साथै शैक्षिक सत्र २०७४र०७५ देखि तीनवर्षे सहायक प्राविधिक ईञ्जीनीयरिड० बिषय समेतको कक्षा संञ्चालनगरी नमूना विद्यालयको रुपमा विस्तार गरिएको त्रिभुवन त्रिशुली माविलाई नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय अन्तर्गत शिक्षा मानव श्रोत विकास केन्द्रद्धारा विज्ञान प्रवलीकरण कार्यक्रममा छनौट तथासमावेश गरेको हो । झण्डै साँढेसात दशकअघि मुलुकमा प्रजातन्त्रको आगमनसंगै २००७ सालमा खोलिएको त्रिभुवन त्रिशुली जिल्लाकै पहिलो शिक्षालय समेत हो । हाल विज्ञान संकायको साथै प्राविधिक बिषयको समेत अध्यापन गराउँदै आएको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयलाई जिल्लामै विज्ञान बिषयको अध्यापन र प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुर्याउँने उद्देश्यले विज्ञान प्रवलिकरण कार्यक्रमामा समावेश गरिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस