माईक्रो बस (हाईस)को दुर्घटनामा १२ घाईते, २ जना को अवस्था चिन्ता जनक
सोमबार काठमाण्डौबाट टोखा छहरे बाटो भई लम्जुङ्ग तर्फ जादै गरेको माईक्रो बस (हाईस)को दुर्घटना भएको छ ।
चालक सहित १८ जना सवार ग १ ख ४५३५ नम्बरको माईक्रो हाईस शिवपुरी ८ स्थित बोहोरेखोला बाट ३० मिटर तल खस्दा १२ जना घाईते भएका छन् ।
जस्मा ८पुरुष र ४ जनामहिला रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार २ जना गम्भिर घाईते र १० जना सामान्य घाईते रहेको छ । घाइतेलाई उपचारको लागि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #(हाईस)को दुर्घटना
प्रतिक्रिया दिनुहोस