बाढीपहिरोमा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता
गृहमन्त्री रमेश लेखकले बाढीपहिराेमा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको मङ्गलबारको बैठकमा उहाँले विपदमा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताउनुभयो ।
उहाँले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिनुभयो । “खोज तथा उद्धार जारी छ । राहत सामग्री वितरणको कार्य पनि जारी छ । सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र पुनःस्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्”,उहाँले भन्नभुभयो ।
बैठकमा गृहमन्त्री लेखकले बाढीपहिराेमा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपत्तिमा फसेका चार हजार २२ जनाको उद्धार गरेका उहाँले बताउनुभयो ।
पचास वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै उहाँले काठमाडौँ उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएकाे बताउनुभयो । उद्धारमा नेपाली सेनाका तीन हजार ९०६, नेपाल प्रहरीका १४ हजार ८०२, सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उहाँले जानकारी दिनुभयो । source :रासस
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस