सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थ “युनाईटेड नेशन्स डे २०२४” को अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न
सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटले, “युनाईटेड नेशन्स डे २०२४” को अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालयबाट शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेनद्र खड्काको नेतृत्वमा २१० जना सशस्त्र प्रहरी कर्मचारीहरुको टिमले वसन्ति दरवार, स्थानिय ककनी बजार, शिव मन्दिर, गणेश मन्दिर, थाई स्मृती पार्क, ककनी अन्तराष्ट्रिय स्काउट केन्द्र, स्थानिय गुम्बाको सरसफाई गरिनुका साथै प्रभातफेरी कार्यक्रम गरिएको छ ।
शान्तिको प्रतिक परेवा जोडि उडाई सुरुवात गरिएको कार्यक्रममा शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेनद्र खड्काले संयुत्त राष्ट्र संघको स्थापना, महत्व तथा विशेषताको बारेमा प्रस्ट्याउनुका साथै उपस्थित सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु लाई जहाँ जुन स्थानमा खटाई कार्य गरेपानी उच्च हौसला र मनोबलका साथ कार्य क्षेत्रमा परिचालन भई अनुशसित र व्यावसायिक ढंगबाट कार्य संपादन गर्नुपर्ने र सशस्त्र प्रहरी बल, नेपालले आफ्नो जिम्मेवारी क्षेत्र भित्रका स्थानिय आमजनमानससँगको सहकार्य र यस किसिमका सामाजिक कार्यमा सरिक हुन पाएकोमा खुशि व्यक्त गर्दै आगामी दिनहरुमा यस्ता सामाजिक कार्यमा सहभागि हुन सशस्त्र प्रहरी बल, नेपाल हरहमेशा तयार रहने प्रातिवद्वता वयक्त गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस