Techie IT
गृहपृष्ठसमाचारगण्डकी प्रदेश सांसद मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

गण्डकी प्रदेश सांसद मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर


सर्वोच्च  अदालतले गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो । मनाङे मनाङ (ख) बाट दोस्रो पटक स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित हुनुभएको थियो ।

यसअघि, उच्च अदालत पाटनले उहाँलाई दोषी ठहर गरेकोमा उच्चको फैसलाविरुद्ध सर्वोच्चमा परेको निवेदनमा सर्वोच्चले दाबी नपुग्ने ठहर गर्दै उच्चकै फैसला सदर गरेको हो । उच्चले उहाँलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । फैसला अनुसार मनाङेले अब तीन वर्ष जेल बस्नुपर्छ । यसअघि नै ज्यान मार्ने उद्योगको अभियोगमा उहाँ दुई वर्ष जेल बसिसक्नुभएको छ ।

सर्वोच्चको फैसलापछि गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले आफूले यसबारे कानुनविद्सँग परामर्श गर्ने प्रतिक्रिया दिनुभएको छ । “यो अदालतको फैसलाको कुरा हो, कानुनले जे भन्छ, त्यही हुन्छ । कानुनबमोजिम के हुन्छ भन्ने कानुनविद्सँग सल्लाह, परामर्श गर्छु,” उहाँले भन्नुभयो ।

संविधानको धारा १७८ मा प्रदेशसभा सदस्य बन्न नैतिक पतन देखिने फौजदारी कसुर सजाय नपाएको हुनुपर्ने व्यवस्था छ।

Source :- Gorkhapatraonline.com


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस