लिखु गाउपालिकाले उत्कृष्ट ६ जना स्वयम सेविका र ६ आमा समुह लाई सम्मान गरेको छ
स्वास्थ्य स्वय्म सेविका दिवसको अवशरमा लिखु गाउपालिकाले उत्कृष्ट ६ जना स्वयम सेविका र ६ आमा समुह लाई सम्मान गरेको हो ।
हरेक डिसेम्बर २० मा मनाईने दिवसको पालिकाले उत्कृष्ट स्वयम सेविका र आमा समुहलाई जनही १० हजार नगद र प्रमाण पत्रले सम्मान गरेको हो ।
स्वास्थ्य सम्बन्धित अत्आवश्यक ज्ञान र सिप प्रदान गरेर स्थानिय स्तरमा स्वास्थ्य समस्या समाधान गर्न महिलालाई सक्रिय बनाउने जस्ता उदेश्यले २०४५ साल बाट स्थापना भएको महिला स्वास्थ्य स्वयम सेविका ४०० शय जनसंख्या बराबर १ जना रहने ब्यवस्था गरेको छ ।
कार्यक्रम लाई सम्बोधन गर्दै लिखु गाउपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले निस्वार्थ सेवा पु¥याएका स्वास्थ्य स्वयम सेविकाहरुले गर्दानै पालिकाको बाल मृत्युदर , सुत्केरीआमाहरु लाई हुने जोखिम लगाएत बिभिन्न रोगहरु कम भएको बताउनु भयो ।
यस्तै लिखु गाउपालिकाका उपाध्यक्ष शुभद्रा अधिकारीले स्वयम सेविकाहरुले गनुभएको कामको पालिकाले सधै कदर गर्ने गरेको बताउनु भयो ।
यस्तै कार्यक्रममा लिखु गाउपालिकाका निमित्त प्रसाशकिय प्रमुख रामचन्द्र लामिछानेले महिला स्वास्थ्य स्वयसेकिाहरु को कारणले पालिका भित्रका बिभिन्न मृत्युदर कम हुनुका साथै नागरिकहरु स्वस्थ्य कसरी हुने भन्ने समेतमा जानाकार भएको बताउनु भयो ।
बिभिन्न स्वास्थ्य कृयाकलापमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको भुमिका , स्वास्थ्य समाज निर्माणमा सहभागिता भन्ने नारा सहति लिखु गाउपालिका स्वास्थ्य शाखाले आयोजना गरेको हो । लिखु गाउपालिकामा हाल ७० जना स्वास्थ्य स्वयम सेविकाहरु रहेका छन् ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस