Techie IT
गृहपृष्ठसमाचार७६औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै,

७६औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै,


हेटौंडा, बागमती प्रदेश – आज ७६औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस “हाम्रो अधिकार, हाम्रो भविष्य अहिलेनै” भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा सबैलाई एकताबद्ध हुन आह्वान गर्दै शुभकामना सन्देश दिनुभएको छ।

मुख्यमन्त्रीले मानव अधिकार सबैको आधारभूत अधिकार भएको उल्लेख गर्दै विश्वभर छरिएर रहेका मानव समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले मानव अधिकारको संरक्षणमार्फत मात्र न्यायपूर्ण, समान र समृद्ध समाजको निर्माण सम्भव हुनेमा जोड दिनुभयो। बागमती प्रदेशले मानव अधिकार सुनिश्चित गर्नका लागि नीतिगत र व्यवहारिक सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखेको समेत मुख्यमन्त्री तामाङले बताउनुभएको छ। यस दिवसले मानव अधिकारप्रति जनचेतना फैलाउन थप प्रेरणा दिने विश्वास व्यक्त गर्दै उहाँले सबैलाई शान्ति, समृद्धि र समतामूलक समाज निर्माणमा हातेमालो गर्न आग्रह गर्नुभयो। अन्तर्राष्ट्रिय मानव अधिकार दिवस प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर मनाइन्छ। यस वर्षको नारा “हाम्रो अधिकार, हाम्रो भविष्य अहिलेनै”ले अधिकारप्राप्त समाजले मात्र उज्ज्वल भविष्यको परिकल्पना गर्न सक्ने सन्देश प्रवाह गर्दछ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस