Techie IT
गृहपृष्ठसमाचारछात्र तर्फ चन्द्रज्योती र छात्रा तफ अर्किड एकेडेमी बिजयी : एन यु एफ सि चौथो  संस्करण

छात्र तर्फ चन्द्रज्योती र छात्रा तफ अर्किड एकेडेमी बिजयी : एन यु एफ सि चौथो  संस्करण


एन यू एफ सि कप को चौथो संस्करण आज बाट सुरु भएको जिल्ला स्तिरीय अन्तर बिद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिताको  उद्घाटन खेलको छात्रतर्फ चन्द्रज्योति माध्यमिक विद्यालयले पिपलडाँडा माध्यमिक विद्यालयलाई ६-० गोल अन्तरले हराएको छ । पहिलो हाफमा चन्द्रज्योतिले ३ गोलले अग्रता लिएको थियो । खेललाई दबावमा राखेको चन्द्रज्योतिले दोस्रो हाफमा थप ३ गोल गर्दै विजयी भएको छ ।


खेलमा चन्द्रज्योतिका जर्सी नम्बर १० का सोनाम तामाङ म्यान अफ दि म्याच खेलाडी घोषित भएका छन् ।


यस्तै, छात्रातर्फको खेलमा अर्किड एकेडेमी नुवाकोटले दाङसिङ माध्यमिक विद्यालयलाई १-० अन्तरले हराउँदै जीत हासिल गरेका छन् । खेलमा अर्किडका जर्सी नम्बर ११ की सोफिया गुरुङ म्यान अफ दि म्याच खेलाडी घोषित भईन् ।


पुष १ गते देखि ८ गते सम्म संचालन हुने प्रतियोगितामा बिजेता हुने छात्र तर्फको टिम लाई ३० हजार नगद  पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उप बिजेताले
शिल्ड, मेडल र प्रमाणपत्र सहित  १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै, विजेता छात्रा तर्फ १५ हजार र उपबिजेता छात्रा तर्फ ७ हजार ५०० रुपैँया रहेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, स्कोरर र उत्कृष्ट प्रशिक्षकले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

 


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस