आज भएको भिन्दा भिन्दै खेलमा क्षेत्रपाल मा.वि, चन्द्रज्योती मा वि र जेडी बोडिङ्ग बिजयी / एन यू एफ सि कप चौथो संस्करण
आज भएको भिन्दा भिन्दै खेलमा क्षेत्रपाल मा.वि, चन्द्रज्योती मा वि र जेडी बोडिङ्ग बिजयी भएको छ ।
एन यू एफ सि कप को चौथो संस्करण सोमबार बाट सुरु भएको जिल्ला स्तिरीय अन्तर बिद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा
छात्र तर्फ क्षेत्रपाल माविले बैजन्ती मावि लाई १ ÷ ० ले हराएको छ । क्षेत्रपाल माविका जर्सी नम्बर १८ का सुगम राईले गरेको गोलले क्षेत्रपाल मावि लाई अग्रता दिलाएको थियो । यस्तै छात्रा तर्फ चन्द्रज्योती मावि र जेडी बोडिङ्ग बिच भएको खेलमा खेलमा चन्द्रज्योति १ र वेडी ० भएको थियो । यस्तै छात्रा तर्फको जेडी बोडिङ्ग र अमर ज्योती मा वि विच भएको खेलमा अमर ज्योतीले ३ र जेडी ले १ गोल गरेको छ ।
आज भएको भिन्दा भिन्दै खेलमा सुगम राई, विनिता कुमाल र सन्तोष कुमाल म्यान अफ दि म्याच खेलाडी घोषित भएका छन् ।
पुष १ गते देखि ८ गते सम्म संचालन भएको प्रतियोगितामा बिजेता हुने छात्र तर्फको टिम लाई ३० हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उप बिजेताले
शिल्ड, मेडल र प्रमाणपत्र सहित १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै, विजेता छात्रा तर्फ १५ हजार र उपबिजेता छात्रा तर्फ ७ हजार ५०० रुपैँया रहेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, स्कोरर र उत्कृष्ट प्रशिक्षकले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस