Techie IT
गृहपृष्ठसमाचारम्यागङ गाउँपालिकाको प्रसाशकिय भवनको बुधबार मानेब्लेमा उद्घाटन गरिएको छ

म्यागङ गाउँपालिकाको प्रसाशकिय भवनको बुधबार मानेब्लेमा उद्घाटन गरिएको छ


नुवाकोट जिल्लाको म्यागङ गाउँपालिकाको प्रसाशकिय भवनको बुधबार मानेब्लेमा उद्घाटन गरिएको छ ।
बाग्मती प्रदेशका मुख्यमन्त्रि बहादुर सिंह लामा तामाङले नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो ।
भवनको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले पर्यटकीय हिसाबले धेरै उपयुक्त स्थान भएकाले यसको विकासमा प्रदेश सरकार लागिपर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

ओम बुद्ध ईन्टरनेश्नल कन्ट्र्क्सन प्रालीले भवन निर्माणको लागी सात करोड ३६ लाख २१ हजार ५५२ रुपैयाँमा २०७८ साउन १ गते सम्झौता गरेको थियो ।
पालिकाको भवन निर्माण भए संगै सेवा प्रवाहमा सहज हुने गाउँपालिका अध्यक्ष आशा तामाङले बताउनु भयो ।
करिब ६ रोपनी जमिनमा बनेको उक्त भवनमा ३० भन्दा बढि कोठाहरु तथा बैठकहलसहित अन्य हलहरु रहेको प्रमुख प्रशासकिय अधिकृत बिनोद अधिकारीले जानकारी दिनुभयो छ ।


गाउँपालिका अध्यक्ष आशा तामाङको सभापतित्वमा भएको कार्यक्रममा अन्य पालिकाका जनप्रतिनिधि, समाजसेवी बुद्धिविहिरुले समेत मन्तव्य राखेका थिए । मुलुकमा स्थानीय तहको सरकार सञ्चालन भएको दोस्रो कार्यकालको दोस्रो वर्षमा गाउँपालिकाले आफ्नै प्रशासकिय भवन प्राप्त गरेको छ । सो भवनबाट गाउँपालिकाका सबै सेवाहरु सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।




क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस