Techie IT
गृहपृष्ठसमाचारविभिन्न ८ बुँदे माग राखि खानेपानी मन्त्री प्रदीप यादवलाई ज्ञापन पत्र

विभिन्न ८ बुँदे माग राखि खानेपानी मन्त्री प्रदीप यादवलाई ज्ञापन पत्र


विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले विभिन्न ८ बुँदे माग राखि खानेपानी मन्त्री प्रदीप यादवलाई ज्ञापन पत्र बुझाएको छ ।
संस्थाले शनिवार मन्त्री यादवलाई फलाखु खोला मुहानको प्रत्यक्ष निरिक्षण तथा अनुगमन गराई विदुर खानेपानीमा रहेको समस्या समाधानको लागि अपिल गर्दै ज्ञापन पत्र बुझाएको हो ।

खानेपानीमा प्रयोग हुने बिधुत महसुल कम्तीमा ५०% छुट हुनुपर्ने, साना शहरी अन्र्तगत लगानी भएको आयोजनामा नगर विकास कोषको ऋणमा ब्याजदर मिनाह हुनुपर्ने र साना शहरी अन्र्तगत लगानी भएको आयोजनामा उपभोक्ता समितीले ब्यहोर्नुे पर्ने २५% ऋणभारलाई हटाई १०% गनुपर्ने माग मन्त्री समक्ष विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सन्जिव श्रेष्ठले बुझाउनुभएको ज्ञापनपत्रमा उल्लेख छ ।
सफा र स्वस्थ खानेपानी प्राप्त गर्नु हरेक नागरिकको नैर्सगिक अधिकार भएको हुँदा उपभोग गर्ने घरधुरी र जनसंख्याको आधारमा खानेपानी उपभोक्ता संस्थालाई राज्य बाट ब्यवस्थापन खर्च बार्षिक रुपमा प्राप्त हुनुपर्ने माग उक्त ज्ञापन पत्रमा उल्लेख छ ।

विदुर खानेपानीको प्रमुख मुहान फलाखु खोलाको किनारमा रहेको १५ सय मिटर पाइप लाइन हरेक बर्ष बाढी पहिरो बाट प्रभावित हुने हुँदा बार्षिक रुपमा संघिय सरकारबाट मर्मत सम्हारको लागि ५० लाख रुपैयाँ मर्मत खर्च उपलव्ध गराउन माग गरिएकोछ,” अध्यक्ष श्रेष्ठले भने, “विदुर नगरपालिकाको ७ वटा वडाको २५ हजार जनताको खानेपानीसँग जोडिएको तादी खोलाको किनारमा निर्माणधिन सम्पवेल खानेपानीको १६ ईन्च पाईप लाईन लाई सम्भव भए सम्म सबै पाइप लाईन सौर्य उर्जा बाट चल्ने सम्भव नभए वडा नम्बर ५ को पिपल्टारको सात सय घरधुरीसँग जोडिएको ४ इन्च पाईप लाईनलाई सौर्य उर्जा बाट संचालन गनुपर्ने माग हाम्रो रहेको छ ।”
त्यस्तै नुवाकोट, रसुवा र धादिङ तिनै जिल्लाको सबै भन्दा पुरानो एैतिहाँसिक त्रिशुली बजार विदुर, १ का १५०० घरधुरीलाई सफा र स्वास्थ खानेपानी उपलब्ध गराउन छुटै इष्टमेट अनुसार ४ लाख लिटरको ट्याङकी र खानेपानी पाईप लाईनको लागी बजेट ब्यवस्था गरिदिन र वडा नम्बर १ ढुंगे पेट्रोल पम्प देखी रसुवा जिल्ला उत्तरगया गाँउपालिकाको नयाँ पुल सम्मको पाईप लाईन गल्छी त्रिशुली मैलुङ स्याफु्बेसी सडक आयोजनाले सडक निर्माण गर्दा १५ किलोमिटर खानेपानीको पाईप लाईन ध्वस्त बनाएको र उक्त पाईप लाईन जडान तथा मर्मतको लागि बजेट ब्यवस्था गरिदिनकको लागि मन्त्री यादवको ध्यानाकर्षण गराइएको छ ।

विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बुझाएको मागपत्रलाई शुक्ष्म रुपले अध्ययन गरी मन्त्रालयले संवोधन गर्ने मन्त्री यादवले प्रतिवद्धता जनाउनुभएको छ । विदुर खानेपानीमा देखिएको समस्या समाधानको लागि तत्कालिन र दीर्घकालिन रुपमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग परामर्श गरी अघि बढ्ने खानेपानी मन्त्री प्रदीप यादवको भनाई छ ।…मन्त्री यादव….
खानेपानी मन्त्री यादवसँगै खानेपानी बिभाग प्रमुख राम कुमार श्रेष्ठ, विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ लगायत सरोकारवाला निकायले शनिवार फलाखु मुहानको निरिक्षण गरेका थिए । निरिक्षणको क्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले खानेपानीमा रहेको समस्यालाई समाधानका लागि नगरपालिकाको निरन्तर सहकार्य र समन्वय रहेकोले मन्त्रालयबाट थप सहयोगको अपेक्षा गर्नुभएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस