Techie IT
गृहपृष्ठसमाचार६ महिना पनी पुग्दैन आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा औषधी

६ महिना पनी पुग्दैन आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा औषधी


विदुर नगरपालिका–५ तल्लो पिपलटारमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपलब्ध भएको औषधी ६ महिना सम्म पनी नपुग्ने चिकित्सालय प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले बताउनु भएको छ ।

आईतबार विदुरमा आयोजित आयुर्वेद सेवा प्रवद्र्धनका लागि पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा डा. गिरीले चिकित्सालयमा २३ थरी निशुल्क औषधी उपलब्ध हुने तर ति औषधीले ६ महिना पनी नधान्ने जानकारी दिएका हुन्
तथ्यांकअनुसार हाल जिल्लामा नागरिक आरोग्य सेवा केन्द्र ४ वटा र आयुर्वेद औषधालय ७ वटा सञ्चालनमा रहेका छन् ।

गत तीन आर्थिवर्षभित्र निरन्तर जिल्लाका सरकारी निकायहरु मध्ये शून्य बेरुजु राख्न सफल रहेको चिकित्सालयले चालुआर्थिक वर्ष २०८१÷८२ मा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद सम्बन्धि सचेतना, भान्साघर औषधालय, पूर्ण स्तनपान प्रवद्र्धनका लागि स्वास्थ्यकर्मी तथा आमा समुहलाई आयुर्वेद सम्बन्धि अभिमुखीकारणलगायतका ११ वटा मुख्य कार्यक्रम रहेको डा. गिरीले जानकारी दिए ।


कार्यक्रममा चिकित्सालयका डा. सविता तामाङले नुवाकोट जिल्ला र बागमती प्रदेशका वर्तमान आवस्था, आयुर्वेदसँगै स्वास्थ्य, शिक्षा, कृषि, वन, पर्यटनको प्रवद्र्धनबारे प्रष्ट पारेकी थिईन् ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस