Techie IT
गृहपृष्ठसमाचारस्याफ्रुबेँसी-रसुवागढी सडकमा काम सुरु गर्ने तयारी

स्याफ्रुबेँसी-रसुवागढी सडकमा काम सुरु गर्ने तयारी


राष्ट्रिय गौरवको योजनामा समावेश भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको तीन खण्डमा निर्माण सुरु भएको थियो । तीन खण्डमध्येको स्याफ्रुबेँसी–रसुवागढी खण्डको निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी ६ वर्षपछि कार्यक्षेत्रमा फर्किएको छ । चिनियाँ ठेकेदार कम्पनीले कार्यालयसँग समन्वय गरेर पूर्वतयारी थालेको जानकारी योजना प्रमुख खड्गलाल श्रेष्ठले दिए ।

add

सरकारले वि.सं. २०७२/०७३ मा सुरु गरेको यो योजनाको पहिलो खण्ड गल्छी–मैलुङको बाहेक दुई खण्डको निर्माणकार्यले गति लिन नसकेको योजना प्रमुख श्रेष्ठले बताए । दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेँसी सडकमा निर्माण व्यवसायी काम छाडेर सम्पर्कविहीन भएपछि गत वर्ष प्रक्रिया पु¥याएर सम्झौता तोडी नयाँ ठेक्का लगाउने प्रक्रियामा रहेको उनले बताए । तेस्रो खण्ड स्याफ्रुबेँसी–रसुवागढीको निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी सुरुदेखि नै नयाँनयाँ बहाना बनाउँदै कार्यक्षेत्रमा आउने–जाने, तर निर्माण सुरु नगरेको स्थानीयले बताएका छन् । वि.सं. २०७६ असोजमा काम गर्ने भनेर शिलान्याससमेत गरेको यो खण्डको जिम्मा पाएको चाइना तिब्बेत टिएनल कम्पनी लि.ले ३९ महिनापछि काम गर्ने तयारी गरिरहेको छ । यो खण्डको स्याफ्रुबेँसी बजार क्षेत्रको घर–टहरा हटाउन नसकेकाले सरकारले सडकको सीमा ११ मिटर चौडाइ कायम गरेको छ । जम्मा १७ किलोमिटर रहेको यो खण्डको अरू क्षेत्रमा सडकको चौडाइ सीमा १५ मिटर नै कायम गरेर निर्माण गर्न गत भदौ २७ गते मन्त्रिपरिषद्को बैठकले सैद्धान्तिक स्वीकृत दिएको थियो । उक्त क्षेत्रमा सडक निर्माण गर्ने अर्को वैकल्पिक स्थान नभएकाले योजनाको स्वीकृत डिजाइन १५ मिटरअनुसार निर्माण गर्दा स्याफ्रुबेँसी बजार पूरै विस्थापन हुने भएपछि चौडाइ घटाएको योजना प्रमुख श्रेष्ठले जानकारी दिए । यो खण्ड चीन सरकारले आफ्नै खर्चमा निर्माण गर्ने सम्झौता भएको छ । नेपाल सरकारले सडक क्षेत्र खाली गराउनुपर्ने, काम गर्नकाा लागि आवश्यक सहयोग तथा समन्वय गर्नुपर्ने सम्झौतामा उल्लेख भएको कार्यालयले बताएको छ ।

तत्कालीन भारतीय नाकाबन्दीसँगै नेपाल र चीनबिच रसुवागढी केरुङबाट हुने आर्थिक गतिविधि तथा व्यापारिक कारोबारलाई छिटो, छरितो र सहज तुल्याउने उद्देश्यले योजनाको पहिलो चरणअन्तर्गत गल्छी–त्रिशूली–मैलुङ ४६ किलोमिटर सडक वि.सं. २०७३ कात्तिक ७ देखि निर्माण थालिएको थियो । आव २०७७/०७८ मा सम्पन्न गर्नुपर्ने कुल ८२ किलोमिटर सडक नौ वर्ष बितिसक्दा पनि लगभग ३८ किलोमिट। मात्र सम्पन्न भएको जानकारी कार्यालयले दिएको छ । यो सबै पहिलो खण्डको मात्र निर्माण सम्पन्न भएको हो । अरू दुई खण्डमध्ये दोस्रो खण्ड मैलुङ–स्याफ्रुबेँसीको १९ किलोमिटरमा केही काम गरेर ठेकेदार बेपत्ता भएपछि निर्माण कार्य बन्द छ । त्यस्तै, तेस्रो खण्ड स्याफ्रुबेँसी–रसुवागढीको १७ किलोमिटरको काम नै सुरु नभएको योजना कार्यालयले बताएको छ । योजनाको पहिलो खण्डको विदुर क्षेत्र, शान्तिबजार, बेत्रावती र मैलुङमा ठेकेदारले एक वर्षदेखि काम गर्ने क्षेत्र कार्यालयले दिन नसकेपछि कार्यक्षेत्रबाट सबै उपकरण लगिसकेकाले थप क्षेत्रमा काम हुन सकेको छैन ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस