बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधी सहयोगस्वरुप प्राप्त

नेपालले बाल क्यान्सरको उपचारमा प्रयोग हुने औषधी सहयोगस्वरुप प्राप्त गरेको छ । गत मंसिर १ गतेबाट लागु हुने गरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गर्ने मन्त्रालयको मन्त्रीस्तरीय निर्णय कार्यान्वयनमा यस औषधीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
प्राप्त औषधीहरु भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारका लागि उपयोग हुनेछन् ।राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीतिअन्तर्गत क्यान्सर उपचार सेवामा सुधार र विस्तार गर्ने मन्त्रालयको योजना कार्यान्वयनतर्फ सकारात्मक प्रयासहरु भैरहेका छन् । हाल क्यान्सरको उपचार सबै प्रदेशसम्म विस्तार भैसकेको छ । यस सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचारसँगै नियन्त्रणका पक्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ ।
देशको प्रमुख स्वास्थ्य समस्या बनिरहेको क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवद्र्धनका लागि पनि काम गरिरहेका मन्त्रि पौडेलको भनाई छ । कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट बञ्चित नहोउन् भनेर निःशुल्क उपचारको व्यवस्था पनि गरेका मन्त्रि पौडेलद बताउनुहुन्छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस