Techie IT
गृहपृष्ठराजनीतिनेपाली कांग्रेस नुवाकोटको लिखु गाउपालिकाको शभापतीमा बिनोद पाठक र पञ्चकन्यामा माधव खनाल निर्वाचित

नेपाली कांग्रेस नुवाकोटको लिखु गाउपालिकाको शभापतीमा बिनोद पाठक र पञ्चकन्यामा माधव खनाल निर्वाचित


नेपाली कांग्रेस नुवाकोटको लिखु गाउपालिकाको शभापतीमा बिनोद पाठक निर्विरोध निर्वाचित भएका छन् ।
शभापती पाठक भए संगै लिखुमा ४० जनाको कमिटी बनेको छ । कमिटीको उपशभापती ठाकुरप्रसाद लामिछाने, अर्का उपसभापती निर्भिक पाठक, सचिव बिनोद सेढाई अर्का सचिव बाशुदेव थापामगर, सहसचिव राजु घले र दिपक पन्त लगाएतको कमिटी बनेको नेपाली कांग्रेस क्षेत्र नं १ का शभापती तथा लिखु गाउपालिकाका अध्यक्ष धु्र्रव श्रेष्ठले जानकारी दिए । यस्तै पञ्चकन्या गाउपालिकामा माधव खनाल सहित खनालको प्यानलनै बिजयी भएका छन् । खनालले मतदानमा ८१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्दोन्दी यमबहादुर थापाले ६९मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस