बन पैदावार तथा काष्ठ ब्यवसायि संघ नुवाकोट द्धारा त्रिशुली अस्पताल लाई स्वास्थ्य सामाग्री बितरण
त्रिशुली अस्पताल लाई स्वास्थ्य सामाग्री बितरण
नुवाकोट बनपैदावार तथा काष्ठ ब्यवसायी संघले नुवाकोटको त्रिशुली अस्पताल लाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
अहिले नुवाकोटको समुदाय स्थरमानै कोरोना बढ्दो देखिरहेकोले त्यस लाई थोरै भएपनि न्यूनिकरण होस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री बितरण गरेको नुवाकोट बनपैदावार तथा काष्ठ ब्यवसायी संघका अध्यक्ष मुक्तबहादुर बोगटी बताए ।
बन पैदावार तथा काष्ठ ब्यवसायी संघका पधाधिकारीहरुले आर्थीक संकलन गरी सामान खरिद गरेर उक्त सामाग्री हस्तान्तरण गरे्को बोगटीले बताए ।
अन्य जिल्लाहरुमा जस्तै नुवाकोटमापनी कोरोना अत्याधिक फैलीरहेकोमा यस्ता सामाग्रीले कोरोना न्यूनीकरण लाई थोरै भएपनि सहयोग पुग्ने त्रिशुली अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा. दिपेन्द्र पाण्डेले बताए ।
बितरण गरिएको सामाग्रीहरुमा ३ थान वाटर ग्रीजर, १ हजार थान मास्क,५ शय एम एलको १० थान सेनिटाईजर, २ सय थान गोल्भस लगाएतका सामाग्री रहेको थिए ।
क्याटेगोरी : समाज
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस