शिवपुरी, किस्पाङ, सुर्यगढी र विदुर शिवपुरी अध्यक्ष गोल्डकपको सेमिफाइनलमा प्रवेश
नुवाकोट । आयोजक शिवपुरी गाउँपालिकासँगै विदुर नगरपालिका, सुर्यगढी गाउँपालिका र किस्पाङ गाउँपालिका शिवपुरी अध्यक्ष गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ककनी गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै आयोजक शिवपुरी गाउँपालिका शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा ककनीको दबाबमा रहेको शिवपुरीले दोस्रो हाफमा ककनीका उत्तम लामाको आत्मघाती गोलबाट अग्रता लिएको हो । त्यसपछि सागर भण्डारीले शिवपुरीका लागि दुई गोल गरेका थिय ।
त्यस्तै सुर्यगढी गाउँपालिकाले पञ्चकन्या गाउँपालिकालाई ८–१ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । सुर्यगढीका लागि रञ्जित गुरुङ र निशान श्रेष्ठले ह्याट्रिक गरे । थप दुई गोल रामराजा श्रेष्ठले गरेका थिय । पञ्चकन्याका लागि सञ्जय शाहीले एक गोल फर्काए थिय ।
त्यस्तै बेलकोटगढी नगरपालिका र किस्पाङ गाउँपालिकाबीच भएको खेलमा बेलकोटगढी नगरपालिकाले किस्पाङ १–० ले पराजित गरे पनि नियम विपरित बाहिरको खेलाडी खेलाएको पाइएपछि आयोजकले कारबाही गरी किस्पाङलाई विजयी घोषित गरेको छ । बेलकोटगढी भन्दा बाहिरको खेलाडी खेलाएको भन्दै किस्पाङले उजुरी गरे पछि बेलकोटगढी लाई कार्बाही गरेको हो।
त्यस्तै अन्तिम क्वाटरफाइनल खेलमा विदुर नगरपालिकाले म्यागङ गाउँपालिकालाई ३–२ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गर्न सफल भयोको छ । विदुरका लागि विकास थापामगर, आकाश रानामगर र विकाश लामिछानेले गोल गरेका थिय। म्यागङका लागि अमिन तामाङ र धन बहादुर तामाङले गोल गरे ।
शिवपुरी अध्यक्ष गोल्डकपको सेमिफाइनल खेल मंगलबार र फाइनल खेल बुधबार हुनेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस