लिखुमा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार बाट शुरु
लिखुको ध्यान अनुशासित तथा उत्कृट खेलाडी उत्पादन भन्ने नाराका साथ लिखु गाउपालिका शिक्षा , यूवा तथा खेलकुद शाखाको आयोजनामा पालिका स्तरिय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार बाट शुरु भएको छ ।
लिखु गाउपालिका वडा नं ४ मा रहेको क्षेत्रपाल माध्यामिक बिद्यालययको खेल मैदानमा भएको कार्यक्रममा गाउपालिका भित्रका ८ ओटा बिद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष धु्रव श्रेष्ठले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनु भयो । अध्यक्ष श्रेष्ठले लिखु गाउ पालिकाले विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गर्ने गरेको र केन्द्रले खेल बिधा अनुसारका प्रशिक्षकहरु पालिकामा पठाय पालिकाहरुको मेहेनत ले सार्थकता पाउने बताउनु भयो ।
यस्तै लिखु गाउपालिकाका ।प्रमुख प्रसासकिय अधिकृत शेर सिंह रावतले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउदै
खेलाडीहरुलाई अनुशासित भएर खेल प्रदर्शन गर्न समेत उहाले आग्रह गर्नुभएको छ ।
३ दिन सम्म चल्ने प्रतियोगितामा भलिवल, कवड्डी एथलेटिक्स तर्फ १००, ४००, १५००, ३००० मिटर दौड लङ जम्प त्रिपल जम्प, सटपुट, ज्वालिङ थ्रो, हाईजम्प लगायतका खेलहरु हुने शिक्षा , यूवा तथा खेलकुद शाखाका शिक्षा सहजकर्ता बविन श्रेष्ठले जानकारी दिनु भएको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #Hot100, #अनुशासित तथा उत्कृट खेलाडी उत्पादन, #राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
प्रतिक्रिया दिनुहोस