खेल अभ्यास गर्ने ठाउ खोज्दै दुप्चेश्वरका खेलाडीहरु, २५ लाखमा बनेको कवर्डहल लागेन काम
नुवाकोटको दुप्चेश्वर गाउपालिकाको आफ्नै कवर्डहल भएपनी खेलाडीहरु खेल अभ्यास गर्न भने बिद्यालयको खेलमैदान वा अन्य कुनै ठाउमा जानु पर्ने बाध्यता रहेको छ ।
अघिल्लो बर्ष बाग्मती प्रदेस बाट दुप्चेश्वर गाउपालिका वडा नंम्बर ६ बन्छारमा कर्वड हल निर्माणको लागी २५ लाख बजेट विनियोजन भई कवर्डहल निर्माण भएको थियो । कवर्डहल निर्माण भएपनी खेलाडीहरु लाई खेलको अभ्यास गर्न वा खेल खेल्न मिल्नेगरी कवर्डहल निर्माण नहुदा खेलडीहरुले अन्य विकल्प खोज्नु परेको छ ।
आफ्नै पालिकामा ठुलो लागतमा संरचना निर्माण भएपनी आफुहरुले उपभोग गर्न नमिल्ने भएपछि अभ्यासको लागी अन्य बिकल्प खोज्नु परेको दुप्चेश्वरका खेलाडीहरुले बताएकाछन् । खेलाडीहरुको स्तरउन्नतीको नाममा कार्यकर्ता नपाल्न समेत खेलाडीहरुले पालिका लाई आग्रह गरेका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #कवर्डहल लागेन काम, #दुप्चेश्वरका खेलाडीहरु
प्रतिक्रिया दिनुहोस