लिखु गाउपालिकाको सातौं राष्ट्रपति रनिङ शिल्ड क्षेत्रपाल मा बि लाई
लिखु गाउपालिकाको पालिका स्तरिय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता क्षेत्रपाल मा बि चौघडाले जितेको छ ।
लिखु गाउपालिका शिक्षा , यूवा तथा खेलकुद शाखाको आयोजनामा भएको पालिका स्तरिय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा क्षेत्रपाल मा बि २८ स्वर्ण सहित प्रथम भएको हो
३ दिन सम्म चलेको प्रतियोगितामा ७ स्वर्ण सहति नारायणदेवी मावि दित्तिय र ३ स्वर्ण सहित ज्योतिकुन्ज एकेडमी तृतीय भएको हो ।
प्रतियोगितामा प्रथम हुने बिद्यालयलाई १५ हजार , दित्तिय हुनेलाई १० हजार र तित्तिय हुनेलाई ७ हजार नगद सहित मेडल र ट्रफी लिखु गाउपालिकाका उपाध्यक्ष शुभद्रा अधिकारी उप्रेतीले बितरण गर्नु भएको थियो ।
लिखु गाउपालिका वडा नं ४ मा रहेको क्षेत्रपाल माध्यामिक बिद्यालययको खेल मैदानमा भएको कार्यक्रममा गाउपालिका भित्रका ७ ओटा बिद्यालयले सहभागिता जनाएका थिय । प्रतियोगितामा भलिवल, कवड्डी, एथलेटिक्स तर्फ १००, ४००, १५००, ३००० मिटर दौड , लङ जम्प, त्रिपल जम्प, सटपुट, ज्वालिङ थ्रो, तेकवान्दो हाईजम्प लगायतका खेलहरु समावेस गरिएका थिय ।
क्याटेगोरी : खेलकुद
ट्याग : #राष्ट्रपति रनिङ
प्रतिक्रिया दिनुहोस