Techie IT
गृहपृष्ठभिडियोमुलुककै सबैभन्दा ठूलो ग्रिड सोलार फार्मद्धारा २५ मेगावाट सौर्य उर्जा उत्पादन शुरु

मुलुककै सबैभन्दा ठूलो ग्रिड सोलार फार्मद्धारा २५ मेगावाट सौर्य उर्जा उत्पादन शुरु


नुवाकोटमा निर्माणाधिन मुलुककै सबैभन्दा ठूलो ग्रिड सोलार फार्मद्धारा आफ्नो क्षमता अनुरुप २५ मेगावाट सौर्य उर्जा उत्पादन शुरु गरेको छ । बिश्व बैंकको ग्रिड सोलार तथा उर्जा दक्षता कार्यक्रम अन्तर्गत करिव ४ अर्व सहुलियतपूर्ण ऋण सहयोगमा नेपाल सरकार र बिद्युत प्राधिकरणको लगानीमा निर्मित्त ग्रिड सोलार फार्मद्धारा गत २०७७ फागुण यता क्रमिक रुपमा उर्जा उत्पादन हुँदै आएकोमा फार्मले हालै आफ्नो पूर्ण क्षमता अनुसार २५ मेगावाट सौर्य उर्जा उत्पादन गरि परिक्षण प्रशारणमा पठाएको हो ।

फार्मद्धारा उर्जा उत्पादनको लागि नेपाल बिद्युत प्राधिकरण मातहतको देविघाट जलबिद्युत केन्द्रको स्वामित्वमा रहेकोे करिव ७ सय ६० रोपनी क्षेत्रफल भित्रका फोर(वे, हेलिप्याड, स्टाफ क्वार्टर सहित बिभिन्न ७ वटा ब्लकमा २ दशमलम ७५ वाट क्षमताको सयौं सोलार प्यानल जडान गरि केवलको सहायतामा सौर्य उर्जा उत्पादन गरिएको हो । जसबाट दैनिक एकलाख युनिट उर्जा उत्पादन भईरहेको फार्मले जनाएको छ । सोलार फार्मद्धारा उत्पादित सौर्य उर्जा प्रवाहको लागि फार्मले ३३ के भि ६६ एमभिए क्षमताको आफ्नै सवस्टेशन निर्माण गरि त्यसलाई देविघाट जलबिद्धुत केन्द्रको सवस्टेशनमा जोड्दै ६६ केभिए प्रसारण लाईन मार्फत राष्टिय प्रशारण प्रणालिमा पठाईएको हो । २०७६ बैशाख अन्तिम सम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरि उर्जा उत्पादन गर्ने लक्ष्यका साथ २०७५ बैशाखबाट थालनी गरिएको उक्त ग्रिड सोलार फार्म राईजेन ईनर्जी नामक चिनियाँ कम्पनिले निर्माण गरेको हो । उर्जा उत्पादनका लागि निर्धारित एकवर्षे समयावधि सहित निर्माण कार्य अघि बढाईएको फार्मको डिजाईनमा भएको हेरफर तथा बिश्वव्यापी महामारी कोभिड १९ लगायत समस्याका कारण उर्जा उत्पादनमा साँढेतीन वर्ष ढिलाई भएको हो ।




क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #Hot100

प्रतिक्रिया दिनुहोस