राष्ट्र्रिय संगितकर्मी संघ नुवाकोटको अध्यक्षमा बिकी लामा लो र महासचिवमा करण तामाङ
नुवाकोटमा हुने मेला महोत्सव तथा सास्कृतिक कार्यक्रमहरुमा नुवाकोटकै कलाकारहरु लाई अबसर दिनुपर्ने प्रदेससभा सदस्य राधिका तामाङले बताउनु भएको छ ।
राष्ट्र्यि संगितकर्मी संघ जिल्ला कार्यसमिती नुवाकोटको पाचौ शाधारण सभामा बोल्दै तामाङले स्थानिय कलाकारहरुलाई अबसर दिई उनीहरुको हौसला बढाउनु पर्ने बताउनु भएको हो । बाईट
यस्तै कार्यक्रममा नेकपा एमाले नुवाकोटका जिल्ला कमिटी सदस्य शुसिल खड्काले प्रबिधिले टाढा बनाएका मानिसहरु लाई गित संगितको माध्यमले नजिक ल्याएको बताउनु भयो । खड्काले हाम्रो सस्कृति र परम्परा लाई समेत गित संगितले जर्गेणा गरेको बताउनु भयो ।
बाईट
सोमबार भएको राष्ट्र्रिय संगितकर्मी संघ नुवाकोटको पाचौ शाधारण सभाले अध्यक्षमा बिकी लामा लो र महासचिवमा करण तामाङ चयन गरेको छ । यस्तै बरिस्ठ उपाध्यक्षमा कुमार लामा , प्रथम उपाध्यक्षमा अर्चना स्याङतान , महिला उपाध्यक्षमा फुलमाया तामाङ , उपाध्यक्षमा महेन्द्रमान तामाङ र उत्तम भण्डारी , सचिवमा शान्ति मम्बा , सह सचिवमा माधब अधिकारी , कोषाध्यक्षमा रेलि माया गुरुङ , सह कोषाध्यक्षमा समीर लामा , प्रवक्तामा सन्दिप कुमार तामाङ र सदस्यहरुमा पुजा तामाङ , सरिता तामाङ , शुसिला तामाङ , शान्ति तामाङ , शिव गोतामे , अनिता तामाङ , सुनिल कार्की लगायतका टिम निर्वाचित भएका छन् । यस्तै संघको बरिस्ठ सल्लाहकार सुशील खड्का , दिनेश तामाङ चयन भएका छन् ।
समाचारको भिडियो हेर्न तलको लिङ्क थिच्नुहोस
क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस