Techie IT
गृहपृष्ठभिडियोनुवाकोटको ८ स्थानीय तहले जग्गाको वर्गीकरण गर्न सकेनन्

नुवाकोटको ८ स्थानीय तहले जग्गाको वर्गीकरण गर्न सकेनन्


नुवाकोट तोकिएको म्याद नाघेको तीन महिना बितिसक्दा समेत नुवाकोटको ८ वडा स्थानिय तहले जग्गाको बर्गीकरण गर्न सकेका छैनन् ।

विदुर नगरपालिका, म्यागङ गाँउपालिका, किस्पाङ र तारकेश्वर गाउँपालिका बहेकका स्थानिय तहले जग्गाको बर्गीकरण गर्न नसकेका हुन् । आठवटा स्थानीय तहले जग्गाको वर्गीकरण नगरेको कारण जग्गाको कित्ताकाट रोकिएको मालपोत कार्यालयले नुवाकोटले जनाएको छ । पटक–पटक ताकेता गरिरहँदा पनि जिल्लाको आठवटा स्थानीय तहले आफ्नो क्षेत्रको जग्गा वर्गीकरण गर्न नसकेको हो ।

सरकारले दिएको ६ महिना जग्गा वर्गीकरण गर्ने समयसीमालाई नुवाकोटका चार स्थानिय तहले कार्यान्वयनमा ल्याएपनि अझै आठ स्थानिय तहमा जग्गाको कित्ताकाट नहुँदा किनबेच, अंशबन्डा गर्न स्थानीयले पाएका छैनन् ।

पालिकाले जग्गाको वर्गीकरण नगर्दा सर्वसाधारणलाई मर्का परिरहेको छ भने सरकारको राजस्वमा समेत प्रभाव परेको छ । कृषि र गैरकृषि भूमि वर्गीकरण गर्न नसक्दा जिल्लाको ककनी, शिवपुरी, तादी, लिखु, पञ्चकन्या, सूर्यगढी, दुप्चेश्वर गाउँपालिका र बेलकोटगढी नगरपालिकामा कित्ताकाट ठप्प हुन पुगेको छ । दायित्व र जिम्मेवारीलाई ख्याल नगर्दा जिल्लाका आठ पालिकाका जनतालाई मर्का परिरहेको छ । देशभरका सात सय ५३ वटै पालिकाले गत मङ्सिर २३ गतेसम्म आफ्नो क्षेत्रको जग्गालाई कम्तीमा कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गरिसक्नुपर्ने थियो ।

गत वर्ष ०७८ जेठ महिनाको अन्तिम साता सरकारले भूउपयोग ऐन र नियमावली जारी गरेको थियो । उक्त नियमावलीअनुसार स्थानीय तहलाई जग्गा वर्गीकरण गर्न गत पुस २२ गतेसम्म समय–सीमा दिएको थियो ।




क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस