Techie IT
गृहपृष्ठभिडियोपूर्णपाठ नआउँदा गल्छी, त्रिशुली, मैलुंग , स्याफ्रुवेशी , रसुवागढी सडक योजनाको पिपलटार ढुंगेको ८ किलोमिटर क्षेत्रमा निर्माण कार्य अन्यौल

पूर्णपाठ नआउँदा गल्छी, त्रिशुली, मैलुंग , स्याफ्रुवेशी , रसुवागढी सडक योजनाको पिपलटार ढुंगेको ८ किलोमिटर क्षेत्रमा निर्माण कार्य अन्यौल


सर्वोच्चद्धारा मुआब्जा सम्बन्धी परमादेश जारी भएपनि पूर्णपाठ नआउँदा गल्छी, त्रिशुली, मैलुंग , स्याफ्रुवेशी , रसुवागढी सडक योजनाको पिपलटार ढुंगेको ८ किलोमिटर क्षेत्रमा निर्माण कार्य अन्यौल बनेको छ ।

आयोजनाको पहिलो चरण अन्तर्गत गल्छी, त्रिशुली, मैलुंग सडक खण्डको पिपलटार , ढुंगे क्षेत्रका प्रभावितद्धारा मुआब्जामा बिभेद गरिएको भन्दै २०७६ माघ २६ गते नेपाल सरकार तथा मन्त्री परिषद र आयोजना बिरुद्ध मुद्धा दायर गरेका थिए । दायर मुद्धामा सर्वोच्चद्धारा झण्डै ४२ महिना पछि गत पुषको अन्तिममा निवेदकको मागदावी बमोजिम् परमादेश जारी भएको हो । अदालतद्धारा निवेदक पक्षमा संक्षिप्त परमादेश दिएपनि घर टहराको क्षतिपुर्ति लगायत सडक दायाँबाँयाका कति मिटर जग्गाको मुआब्जा दिनेभन्ने बिस्तृत बिवरण सहित फैसलाको पुर्णपाठ नदिएकोले पिपलटार, ढुंगे ८ किलोमिटर क्षेत्रमा लामो समयदेखि कायम निर्मार्ण सम्बन्धी अन्यौलता यथावत रहेको हो ।

आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको पूर्ण ईजलासले निवेदकको मागदावी बमोजिम् संक्षिप्त परमादेश जारी गरेको थियो । आयोजनाद्धारा गल्छी – त्रिशुली – मैलुंग खण्डको ४६ किलोमिटर मध्ये नुवाकोट तर्पmको पिपलटार ( ढुंगे खण्ड बाहेक अन्य क्षेत्रमा मुआब्जा बितरण गरिएको थियो । आयोजनाद्धारा २०२१ को राजपत्रमा प्रकाशित सूचनालाई आधार मान्दै पिपलटार ( ढुंगे क्षेत्र त्रिशुली – काठमाण्डौं सहायक राजमार्ग अन्तर्गत पर्नेभन्दै मुआब्जा दिन समस्या भएको बताएपछि बिवाद सिर्जना भएको हो । आफ्नो पुर्जा र नक्शा भित्रको हालसम्म तिरो तथा सम्पत्ति कर तिर्दै आईरहेको जग्गाको मुआब्जा पाउनुपर्ने भन्दै स्थानियद्धारा मुआब्जामा बिभेद गरिएको भन्दै सर्वोच्च अदालत पुगेका थिए । जसकाकारण उक्त क्षेत्रमा लामो समयदेखि निर्माण कार्य अवरुद्ध रहँदै आएको छ ।




क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #hot 100

प्रतिक्रिया दिनुहोस