बागमती प्रदेश स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नुवाकोटबाट सहभागी हुने खेलाडीहरुलाई बिदाई
बागमती प्रदेश स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नुवाकोटबाट सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति नुवाकोटले आयोजना गरेको एक समारोहको बिच खेलाडीलाई पोषाक सहित विदा गरिएको हो । राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वर काठमाडौमा वैशाख ३ देखि ५ गतेसम्म संचालन हुने प्रतियोगितामा एथलेटिक्स, भलिवल, तेक्वान्दो, कराते, उसु र कबड्डीखेलहरुमा प्रतिष्पर्धा हुदैछ ।
प्रदेश खेलकुद विकास परिषद्को पत्र अनुसार प्रतियोगिताको लागि जिल्लाबाट छनौटमा परेका एथलेटिक्समा २२ जना, भलिवलमा १८ जना, तेक्वान्दोमा ६ जना, कराँतेमा ६ जना, उसुमा ६ जना र कबडड्डीमा १८ जना छात्र र छात्रा सहित प्रत्येक खेलको प्रशिक्षक र व्यवस्थापक एकएक जना प्रतियोगितामा सहभागी हुने जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष सन्तोष राईले जानकारी दिनुभएको छ ।
विहिवार आयोजित खेलाडीहरु विदाई तथा नयाँ वर्ष २०८० सालको सुभकामना आदानप्रदान कार्यक्रमलाई संवोधन गर्दै बागमती प्रदेश सभा सदस्य राधिका तामाङले खेल क्षेत्रको विकासको लागि स्थानीय सरकारले जस्तै प्रदेश सरकारले पनि सक्रिय भई काम गरिरहेको बताउनुभएको छ । खेल क्षेत्रको समग्र विकासको लागि निति निर्माण तहबाट नै संवोधन गर्नुपर्ने विषय केही छन् भने त्यसको बारेमा आफूलाई जानकारी गराउन समेत प्रदेश सभा सदस्य तामाङले आग्रह गर्नुभएकाृे छ । प्रदेश र केन्द्र दुई वटै सरकारको आर्थिक बागडोर समाल्ने जिम्मेवारी नुवाकोटबाटै प्रतिनिधित्व गर्ने नेताहरुलाई प्राप्त भएको भन्दै उहाँले खेल क्षेत्र सहित समग्र नुवाकोटको विकासको लागि आवस्यक बजेट प्राप्त हुनेमा विश्वस्त रहेको समेत बताउनुभएको छ ।
यस्तै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीले खेलाडीहरुलाई खेल मार्फत नै जिविको पार्जन गर्न चुनोती रहेको गुनासो गर्नुभएको छ । खेलाडीलाई खेल क्षेत्रमा नै टिकाइरहन र आम्दानी हुने वातावरण सिर्जना गराउँन स्थानीय तहले पहल गर्नुपर्ने उहाँकको भनाई छ । राष्ट्रको गहनाको रुपमा रहेको खेलाडीको संरक्षण गरियो भने मात्र खेल क्षेत्रको विकास सम्भव रहेको भन्दै जिसस प्रमुख ठकुरीले खेलले जसरी व्यक्तिलाई स्वास्थ र तन्दुरुस्ती राख्छ उसै गरि खेलाडीले देशको नाम राख्न सफल हुो बताउनुभएको छ ।
कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, दुप्चेश्वर गाउपालिका अध्यक्ष शङ्कर थापा, म्यागङ उपाध्यक्ष सीता तामाङ, तारकेश्वर गाउपालिका उपाध्यक्ष हरि रिमाल, शिवपुरी गाउँपालिका उपाध्यक्ष बिरबहादुर ताम्माङ, जिल्ला कराते माहसघ जिल्ला अध्यक्ष राजु थापा लगायतले खेल क्षेत्रमा अपनाइने अनुशासन सामाजिक, राजनैतिक लगायत क्षेत्रमा पनि लागु हुनुपर्नेमा जोड दिएका थिए ।
क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस