Techie IT
गृहपृष्ठभिडियोनुवाकोटमा आयुर्वेद उपचारसेवा लिनेको संख्यामा कमि आउन थाल्यो

नुवाकोटमा आयुर्वेद उपचारसेवा लिनेको संख्यामा कमि आउन थाल्यो


पछिल्लो समय आयुर्वेद उपचारसेवा प्रभावकारी हुदै गएपनि नुवाकोटमा भने सेवा लिनेको संख्यामा कमि आउन थालेको सरोकारवालाहरुले बताएका छन् ।
शुक्रवार जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र नुवाकोटले आयुर्वेद सेवा प्रवद्धन गर्न पत्रकारहरु संग अन्तरक्रिया गर्दै आयुर्वेदको बारेमा सेवाग्राहीले बुझेपनी सेवा लिन नजाने गरेको बताईएको छ ।
नुवाकोटमा हाल ४ ओटा आरोग्य केन्द्र र ७ ओटा आयुर्वेद औषधालय रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नुवाकोटका अध्यक्ष रामकृष्ण खड्काले बताउनु भयो । खड्काका अनुसार यि औषधालय हरु बाट २३ प्रकारका औषधीहरु निशुल्क पाउनुका साथै ल्याव संचालन , हाड जोर्नी , नशा सम्बन्धि लगाएतका रोगहरुको समेत आयुर्वेद औषलायहरुलेनै गर्न थालेको बताउनुभयो । ।


यस्तै कार्यक्रममा जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र नुवाकोटका सुचना अधिकारीनारायण वस्तिले नागरिकलाई प्रभावकारी उपचार दिने उद्देश्यले औषधिसहित स्वास्थ्यकर्मी तयार गरिएकाले कुनै रोग लागेमा वा लाग्न सक्ने सङ्केत देखिएमा तुरुन्तै स्वास्थ्य परीक्षणका लागि सम्पर्कमा आउन आग्रह गर्नुभएको छ । उहाले आयूर्वेद औषधी प्रयोग गर्दा अनिवार्य डाक्टरको सल्लाह लिनु पर्ने बताउनु भएको छ ।
नुवाकोटमा आर्थिक बर्ष २०७९ ८० मा ६ हजार भन्दा बढिले सेवा लिगेको बता्रईएको छ । उपचारका लागि गानुगोला लगायत पेटसम्बन्धी, हाडजोर्नी तथा नसा, मलद्वार, पायल्स, फिस्टुला, फिसर, मधुमेह, उच्च रक्तचाप, थाइरोइड, दम, पिनास, माइग्रेन, टाउको दुख्नेलगायत बिरामी आउने गरेको स्वास्थ्यकेन्द्रले बताएको छ ।




क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #Hot100

प्रतिक्रिया दिनुहोस