लिखु गाउपालिका नुवाकोटले बैदेसिक रोजगारबाट फर्केकाहरु लाई स्वदेसमानै रोजगार बनाउनको लागी प्रोत्साहान
लिखु गाउपालिका नुवाकोटले बैदेसिक रोजगारबाट फर्केकाहरु लाई स्वदेसमानै रोजगार बनाउनको लागी प्रोत्साहान गरेको छ ।
लिखु गाउपालिका रोजगार सेवा केन्द्रले पालिका भित्रका ६० जना लाई ब्यवसायिक तालिम सहित जनही ४२ हजार ६ शय ब्यवसाय गर्नको लागी सहयोग गरेको हो । बैदेसिक रोजगारी बाट फर्केका हरुलाई नेपालमानै रोजगार बनाउनको लागी ब्यवसायिक योजना, ब्यवसाय दर्ता , ब्यवसाय परामर्स लगाएतको ५ दिने तालिम दिई ब्यवसाय सुरु गर्न पालिकाले सम्झौता गरेको हो । सम्झौता पत्र हस्तान्तरण गर्दै लिखु गाउपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले बिदेसमा बगाएको पसिना नेपालमानै बगाए ब्यक्ति संगै देश सम्बृद्ध हुने बताउनु भयो । अध्यक्ष श्रेष्ठले देसमानै धेरै अवसहरु रहेको र अवसरको सदुपयोग गराउन गाउपालिकाले सहयोग गर्ने बताउनु भएको छ ।
यस्तै कार्यक्रममा लिखु गाउपालिकाका उपाध्यक्ष सुभद्रा अधिकारीले बिदेस बाट फर्केकाहरु लाई नेपालमानै केही गराउन पदर्छ भन्ने उद्देश्यले बैदेसिक रोजगारी बाट फर्केहरु लाई एकिकरण कार्यक्रम सुरु गरेको र यो कार्यक्रम लाई पालिकाले निरन्तर दिने बताउनु भयो । उपाध्यक्ष अधिकारीले आफ्नै जन्मभुमिमा केहि गछु भन्ने लाई पालिकाले दिएको अवसरको पूण सदुपयोग गर्नु पनेर् बताउनु भयो ।
बैदेसिक रोजगारी बोर्डको सचिवालयले साझेदारी गरेको कार्यक्रममा ६ वटा वडा बाट १० / १० जना सहभागी भएका थिए । गाउपालिका बाट पाएको सहयोगमा २५ प्रतिसत थपेर ब्यवसाय सुरु गर्नु पर्ने सम्झौतामा उल्ेलख छ । कार्यक्रममा लिखु गाउपालिकाका प्रमुख
प्रसासकिय अधिकृत मधुकुमार शाह , योजना प्रमुख रामचन्द्र लामिछाने लगाएतले आफ्नै ठाउमा केही गरौ भन्ने हरुको लागी यो कार्यक्रम उत्कृष्ट रहेको बताएका थिए ।
क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस