लाखौं मूल्यका सालका काठ र ढुवानी साधनहरु कुहिने तथा कवाडी बन्दै
वन पदैवार सम्बन्धी कसुर तथा मुद्धामा कानूनी उल्झनका कारण समयमै न्यायिक निरुपण तथा छिनोफानो नहुँदा नुवाकोटमा लाखौं मूल्यका सालका काठ र ढुवानी साधनहरु कुहिने तथा कवाडी बन्दै गएको छ ।
वन ऐन २०७६ अनुसार वन पैदावार सम्बन्धी मुद्धामा देखिएको क्षेत्राधिकार सम्बन्धी बिरोधाभाषका कारण अनुसन्धान तथा फैसलामा समस्या हुँदा प्रदेश सरकार मातहत रहेको डिभिजन वन कार्यालय नुवाकोटमा दर्तारत वन पैदावार सम्बन्धी मुद्धा लामो समयदेखि थाँती रहेको हो । जसकारकारण कार्यालय परिसरमा रहेको सयौं क्युफिट सालको काठ एवं वन पैदावार कुहिने अवस्थामा रहेको छभने ढुवानी साधन समेत कवाडी बन्दै गएको हो ।
वन ऐन २०७६ को दफा ६२ (१) अनुसार एक वर्षसम्म कैद सजाय हुने कसुर तथा मुद्धा प्रदेश सरकार मातहतको डिभिजन वन कार्यालयका अधिकृतले गर्ने भनिएको छ । तर सोही ऐनको दफा ६७ (१) मा सोही प्रकृर्तिको मुद्धामा नेपाल सरकार मातहतको डिभिजन वन कार्यालयका अधिकृतले गर्ने उल्लेख गरिएकोले क्षेत्राधिकार सम्बन्धी द्धिविधाका कारण प्रदेश सरकार अन्तर्गत रहेको डिभिजन वन कार्यालय नुवाकोटमा दर्ता भएको वन पैदावार सम्बन्धी अहिले १४ वटा मुद्धाको अनुसन्धान तथा न्यायिक निरुपणमा समस्या भएको हो ।
सरकारद्धारा सामूदायिक वन फडाँनीलाई नियन्त्रण गर्ने उद्देश्यले करिव दशक अघिदेखि अवैध रुख कटान र सालको काठ ओसारपसारमा पुर्ण रोक लगाएको हो । जससंगै डिभिजन वन कार्यालय नुवाकोटद्धारा बिभिन्न समयमा पक्राउ तथा नियन्त्रणमा लिएका सालका गोलिया र तयारी सहित सयौं क्युफिट काठमा धुलिया लागेको छभने मिनिटकहरु समेत कवाडी बनेको छ ।
क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस