Techie IT
गृहपृष्ठभिडियोनुवाकोटको लिखु गाउपालिका वडा नं २ को सामुदायिक स्वास्थ्य ईकाइ भवनको निर्माण कार्य सुरु

नुवाकोटको लिखु गाउपालिका वडा नं २ को सामुदायिक स्वास्थ्य ईकाइ भवनको निर्माण कार्य सुरु


नुवाकोटको लिखु गाउपालिका वडा नं २ सामुदायिक स्वास्थ्य ईकाइ भवनको निर्माण कार्य सुरु भएको छ ।

आफ्नै स्वामित्वमा जग्गा नहुदा भवन निर्माण गर्न अन्यौलता भइरहेको थियो । स्थानीयहरु प्रमिष्ठा डंगोलबाट २ रोपनी, डोलबहादुर थापामगरबाट १ रोपनी र तुलसीमाया रानाबाट बाटोको लागी जग्गा उपलब्ध भएसँगै मंगलवार एक कार्यक्रमको बिच भवनको सिलन्यास गरिएको हो ।

भवनको शिलन्यास कार्यक्रमलाई संवोधन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले स्वास्थ्य जस्तो संवेदनसिल कुरामा राजनिती गर्न नहुने बताउनु बताउनुभएको छ । जनताको जीवन रक्षाको लागि पालिका सधै अग्रसर रहेको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।

यस्तै उपाध्यक्ष शुभद्रा अधिकारी उप्रेतीले पिछडिएको क्षेत्रलाई प्राथामिकतामा राखेर बिकासात्मक कार्यहरु संचालन गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ ।

addadd

यस्तै लिखु गाउपालिकाका प्रवक्ता तथा वडा नं १ का वडा अध्यक्ष नरहरी पाण्डेले स्वास्थ्य भवन सबैलाई पायक पर्ने स्थानमा बन्न लागेको बताउनुभएको छ । भवन बाट लिखुका जनताले मात्र नभई बिदुर नगरपालिका र सुर्यगढी गाउपालिकाका जनतालाई समेत सुविधा पुग्ने उहाँको भनाई छ । यस्तै कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष प्रेमबहादुर थापा मगरले वडा का सम्पूर्ण जनता लाई स्वास्थ्यको पहुच बाट टाढा नराख्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

५९ लाख ६३ हजार रुपैयाँमा बा.सु कन्ट्र्क्सनले १० कोठे भवनको निर्माण गर्ने जिम्मा पाएको छ । आगामी जेठ ३० गते भित्रमा भवनको निर्माण कार्य सक्ने गरी निर्माण कम्पनीसँग यहि फागुन २४ गते सम्झौता भएको थियो ।

कार्यक्रममा जग्गा उपलब्ध गराउनेहरु तीनै जनालाई पालिका अध्यक्ष धु्रव श्रेष्ठले सम्मान समेत गर्नुभएको थियो ।




क्याटेगोरी : भिडियो, समाचार
ट्याग : #भवनको सिलन्यास, #सामुदायिक स्वास्थ्य

प्रतिक्रिया दिनुहोस