Techie IT
गृहपृष्ठभिडियोलिखु गाउपालिका वडा नं ६ छहरेमा संचालन भैरहेको श्रीमदभागवदमा धर्मगुरुहरुको आपत्ती

लिखु गाउपालिका वडा नं ६ छहरेमा संचालन भैरहेको श्रीमदभागवदमा धर्मगुरुहरुको आपत्ती


लिखु गाउपालिका वडा नं ६ छहरे मा संचालन भैरहेको श्रीमदभागवद्मा बौद्दिक सनातन कर्मकाण्ड सेवा , धर्मगुरुहरु र केही स्थानियहरुले बिरोध जनाएका छन् ।


श्रीधाम बृद्दबृद्दाश्राम निर्माणको लागी भनीे लिखु गाउपालिकाको वडा नंम्बर ६ छहरे बजारमा माघ ११ गते देखी सुरु गरिएको ज्ञान माहायज्ञ लाई धर्म ज्ञाताहरु लगाएत केही स्थानिय हरुले बिरोध जनाएका हुन् ।
स्थानिय लाई मुर्ख बनाई हिन्दु धर्मको आचरण र मर्यादा बिपरित साईत नभएको बेलामा धन बटुल्ने अभिप्रायले यज्ञ सुरु गरेको ॐ श्री बैदिक सनातन कर्मकाण्ड सेवा संस्था नुवाकोटका सचिव एवं स्थानिय पण्डित अर्जुन पाण्डले आरोप लगाउनु भएको छ ।


सप्ताहा सुरु गर्दा साईत जुराएर मात्र सुरु गर्नु पर्ने र जुन सात दिन यज्ञ हुन्छ त्यो सातदिन भित्र औशी पार्न नहुने पण्डित पाण्डे बताउनु हुन्छ । पुराण चक्र नजुराई बिचमा औशी पारेर यज्ञ सुरु गरेकोमा आर्चाय पण्डित बासुदेव नेपाल लगाएत धर्मगुरुहरुले आपत्त प्रकट गरेको पण्डित पाण्डेले बताउनु हुन्छ । यसरी यज्ञ सुरु गर्दा ईष्टता भन्दा अनिष्ठता निम्त्याउने उहाको भनाई छ ।
माघ ११ देखी सुरु भएको यज्ञ माघ १७ गते सम्म संचालन हुने भनिएपनी प्रमुख बाचिका र धर्मगुरुहरुको अन्तरक्रिया पश्चात आयोजक टिमले औशी अगाडीनै माघ १५ गते यज्ञ समापन गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन् ।
माहायज्ञका ले दक्षिणकाली नवदुर्गा माता सेवा सदा श्रीधामले संचालन गरेकोे यज्ञका प्रमुख बाचिका दक्षिणकाली नवदुर्गा माता र प्रमुख बाचक सत्य नारायण नेपाल हुन् ।


क्याटेगोरी : भिडियो, समाचार



प्रतिक्रिया दिनुहोस