Techie IT
गृहपृष्ठभिडियोस्मृति ग्रन्थ “सम्झनाको सेरोसेरोमा टोकप्रसाद आचार्य” लोकार्पण

स्मृति ग्रन्थ “सम्झनाको सेरोसेरोमा टोकप्रसाद आचार्य” लोकार्पण


मिति २०८१ फागुन १७ गते, सुर्यमती खोलाका विकासप्रेमी, शिक्षाप्रेमी, नवीन सोचका धनी र न्यायप्रिय स्वर्गीय टोकप्रसाद आचार्य “बिचारि” को सम्झनामा तयार गरिएको स्मृति ग्रन्थ “सम्झनाको सेरोसेरोमा टोकप्रसाद आचार्य” को लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
उक्त कृतिको लोकार्पण उहाँकी धर्मपत्नी खीलकुमारी आचार्यको हातबाट गरिएको थियो। कार्यक्रम स्वर्गीय आचार्यको चौथो महिनावारी (चौथो मासिक) को अवसर पारेर आयोजना गरिएको हो। कार्यक्रममा स्वर्गीय आचार्यलाई सम्मान, माया र सम्झना गर्ने दर्जनौं आफन्त, साथीभाइ तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात रामेश्वर धितालले “चिनेको कान्छो बा” शीर्षकका सम्झना व्यक्त गर्दै गरेका थिए। रसिला आँखासहित केही अवरुद्ध स्वरमा प्रस्तुत गरिएको उहाँको वाचनले उपस्थित सबैलाई भावुक बनाएको थियो।
त्यसपछि वक्ता रामकुमार थापाले स्वर्गीय आचार्यसँग बिताएको अन्तिम क्षणको संस्मरण सुनाउँदै उहाँको देखाएको बाटो र जीवनदर्शनलाई पछ्याउनु पर्ने कुरामा जोड दिनुभयो।
त्यस्तै, अर्का वक्ता अर्जुन आचार्यले स्वर्गीय बासँग बिताएका दिन, छ माना चामल र करेसाबाट सुरु भएको भान्साघरको मार्मिक कथा प्रस्तुत गर्दा उपस्थित सबैको हृदय छुने क्षण बनेको थियो।
त्यसैगरी वालकृष्ण आचार्यले “मैले सल्काइदिएको चुरोट” भन्ने प्रसंग सम्झँदै निकै भावुक हुनु भएको थियो।
कार्यक्रममा सोही पुस्तकका संयोजन तथा सम्पादन वासुदेव गुरागाइले पुस्तक प्रकाशन गर्नुको उदेश्य प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रम संचालन जनार्दन आचार्यले गर्नुभएको थियाे।
कार्यक्रममा उपस्थित सबैलाई स्वर्गीय आचार्यको परिवारले आत्मीय स्वागत तथा सम्मानपूर्वक विदाई गरेका थिए।



क्याटेगोरी : भिडियो


प्रतिक्रिया दिनुहोस